Section 29
सरकारी कार्यालयले सडक खन्नु परेमा सूचना दिनु पर्ने
नेपाल सरकारको कुनै कार्यालयले कुनै कामको लागि सार्वजनिक सडक वा सडक सीमा खन्नु पर्दा सडक विभागको पूर्व स्वीकृति लिई खन्नु पर्छ र त्यसरी सडक वा सडक सीमा खन्ने सम्बन्धमा सडक विभागले कुनै तरीका वा शर्त तोकेको भए सो समेत पालन गर्नु पर्नेछ ।